मार्शल आर्ट्स फिल्म स्टार ब्रुस लीकी छोरी शैनन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्।
रेस्टुरेन्ट चैन रियल कुंग फूले बिना अनुमति आफ्ना पिताको फोटो १५ वर्षदेखि प्रयोग गरेको भन्दै शैनन कानुनी उपचारमा गएकी हुन्। उनले रेस्टुरेन्टसँग २ सय १४ करोड रुपैयाँ क्षतिपूर्ति मागेकी छन्।
यद्यपि रेस्टुरेन्टले चिनियाँ अधिकारीहरुसँग अनुमति लिएको बताएको छ।
चिनियाँ अनलाइन सिनाका अनुसार शैननको कम्पनी १५ वर्षदेखि आफ्नो लोगोमा पिता ब्रुस लीको फोटो प्रयोग गर्दै आएको छ। साथै, कम्पनीबाट उक्त विषयमा स्पष्ट गर्न रेस्टुरेन्ट चैनलाई ९० दिनसम्म भनेकी थिइन्।
शैनन ब्रुसली इन्टरप्राइजेज नामको कम्पनी चलाउँदै आएकी छिन्। उक्त कम्पनी सुपरस्टारका फोटोको लाइसेन्स प्रदान गर्छ।
रेस्टुरेन्ट चैन रियल कुंग फूको भनाइ छ कि हामी दोधारमा छौँ, यति वर्षपछि मुद्दा दायर भएको छ। आफूहरु यो बारेमा अध्ययन गरिरहेको र चाँडै नै प्रतिक्रिया दिने कम्पनीले जनाएको छ। एजेन्सी