
सल्यानको दार्मा गाउँपालिका २ सिलिङगीमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।
प्रहरीले ईन्द्र बहादुर रोकाको घरमा जुवा खेलिरहेका बेला उनीहरुलाई १ लाख १६ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थानीय पूर्णबहादुर रानासहित रहेको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ।