
केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
जनगणनाको तयारी र अगामी योजना विषयमा शनिबा आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताए।
‘राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो,’ उनले भने, यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने हो ।” विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभागलाई स्पष्ट कार्यविधि बनाएर अघि बढ्न सुझाए।
विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने भएको छ । गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको मात्र सङ्ख्या हुनेछ ।