०७ असार २०८३, आइतबार

टुबोर्ग ओपनका लागि क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशजंग कुँवरको नयाँ प्रस्तुती

टुबोर्ग ओपनका लागि क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशजंग कुँवरको नयाँ प्रस्तुती

चर्चित गायक नितेश जंग कुँवरले विश्वप्रसिद्ध समुह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत “खुलेर डल्लै” सार्वजनिक गरेका छन् । 

नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीत मार्फत मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने कुराहरुको सिमा तोड्दै ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्दछ । युट्युबमा टुबोर्ग नेपालको च्यानलमा खुलेर डल्लै रिलिज भएको छ ।

नितेशजंग कुँवरले शुरु गरेका उक्त ट्रयाकमा विश्वभर परिचित समुह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त वसन्तपुर देखि किर्तिपुरका विभिन्न ठाँउहरुको अवलोकन गराए । 

केही मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्र«याक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्मा भन्छन्, ‘टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोसिस गर्दै आइरहेका छौं । हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समुहसँग सहकार्य रहेकोले यो सांगीतिक सहकार्य उल्लेखिनय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र उत्थान गर्नका लागि यो हाम्रो एउटा प्रयास हो ।’

यस वर्षको टुबोर्ग ओपन अभियानको धेरै नयाँ रिलिजहरूमध्ये ‘खुलेर डल्लै’ एक हो जसले संगीत प्रेमीहरुलाई नयाँ र विविध अनुभवहरु लिई ओपन टु मोर हुनका लागि प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । पुरा ग्लोबल ट्र«याकहरूको प्लेलिस्ट विभिन्न डिजिटल स्ट्रि«मिङ प्लेट फर्महरुमा सार्वजनिक हुनेछ ।

कमेन्ट गर्नुहोस्