०१ असार २०८३, सोमबार

चीनले मंगलग्रहमा पठाउन गर्‍यो शक्तिशाली रकेट परीक्षण (भिडियो)

चीनले मंगलग्रहमा पठाउन गर्‍यो शक्तिशाली रकेट परीक्षण (भिडियो)

चीनले संसारको सबभन्दा शक्तिशालीमध्येको एक रकेट शुकवार प्रक्षेपण गरेको छ । सन् २०२० मा मंगलग्रहमा रोभर पठाउने योजनालाई साकार पार्न चीनले महत्त्वपूर्ण कदम चालेको हो । 

लंग मार्च ५ नामक रकेट हाइनान टापुस्थित प्रक्षेपणस्थल वेनचाङबाट प्रक्षेपण गरिएको थियो । त्यसले शिजियान २० परीक्षण उपग्रह पनि बोकेको छ । 

उपग्रहलाई अर्बिटमा प्रक्षेपणको ३३ मिनटपछि पठाइएको चिनियाँ समाचार संस्था शिन्ह्वाले लेख्यो । 

सन् २०१७ को जुलाई महिनामा रकेट प्रक्षेपण गर्ने प्रयास विफल भएपछि अहिले आएर चीनको अन्तरिक्ष कार्यक्रम पुनः सुचारु भएको हो । 

भविष्यका अन्तरिक्ष मिसनहरूसँग सम्बन्धित महत्त्वपूर्ण प्रविधिहरूको यो परीक्षण भएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । 

सन् २०२० मा मंगलग्रहमा मिसन पठाउने चार मुलुकमध्ये चीन एक हो । जुलाई महिनामा मंगलग्रह र पृथ्वीको पोजिसन अनुकूल हुने भएकाले त्यतिखेर अवतरण गर्न सहज हुन्छ । 

मंगलग्रह जाने अन्य मुलुकमा अमेरिका, युरोप/रुस संयुक्त मिसन र संयुक्त अरब अमिरात छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्