![चीनमा रोबोटले गर्छ ट्राफिक प्रहरीको काम [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Robot-police_6t5Wn0QjnC.jpg)
संसारमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा ट्राफिक व्यवस्थापन गर्नु सहज काम हैन ।
चीनको उत्तरी प्रान्त हेबेईको हानदान शहरमा सवारी व्यवस्थापनका लागि रोबोट राखिएको छ ।
रोबोट ट्राफिक प्रहरीहरू कृत्रिम बौद्धिकता जडान गरिएका एन्ड्रोइड हुन् । चीनमा पहिलोपटक यसरी रोबोट प्रहरी नियुक्त गरिएको हो ।
तीन किसिमका रोबोटिक प्रहरीहरू तैनाथ गरिएका छन् । एकथरीले गश्ती गर्छ, अर्कोले सूचना दिन्छ अनि अर्कोले सवारी दुर्घटनालाई डील गर्छ, हान्दान ट्राफिक प्रहरीले बतायो ।
ती सबै रोबोटमा इन्जिनीयरहरूले अनुहार चिन्नका लागि क्यामरा जडान गरेका छन् ।
गश्ती गर्ने रोबोटहरूमा स्वचालित नेभिगेसन राखिएको छ र यसले कारको रजिस्ट्रेसन प्लेट चिन्न सक्छ र गाडीको तस्वीर लिन सक्छ ।
विभिन्न जंक्सनमा बसेर ती रोबोटहरूले सडक जाथाभावी काट्ने व्यक्तिलाई रोक्ने जिम्मेवारी पनि पाएका छन् । उनीहरूले त्यसरी सडक काट्नेलाई मौखिक चेतावनी दिन्छन् र आवश्यक परेमा तस्वीर पनि लिन्छन् ।
सूचना दिने रोबोटिक ट्राफिक कन्सल्टेन्टहरूले यातायात कार्यालयमा जनतालाई सूचना दिन्छन् । सवारी सम्बन्धी घटनाका बारेमा कारवाही गराउनका लागि ब्यूरोमा आउने मानिसलाई स्क्रीनमार्फत उनीहरूले उत्तर दिन्छन् ।
अधिकारीहरूले आरोपित व्यक्ति भनी वर्गीकृत गरेका व्यक्तिहरूलाई पहिचान गर्नका लागि ती रोबोटमा डेटाबेस पनि जडान गरिएको छ ।
आपतकालीन स्थितिमा उनीहरूले अपराधीलाई दपेट्न प्रहरी अधिकृतहरूलाई सहायता गर्छन् ।
दुर्घटना डील गर्ने रोबोट सबभन्दा यी सबैमध्ये साना हुन्छन् । सवारी दुर्घटना हुँदा उनीहरूले व्यवस्था कायम राख्न सहायता गर्छन् र तिनलाई मानव अधिकारीहरूले टाढाबाट नियन्त्रण गर्न सक्छन् ।