
कास्कीको माछापुच्छ«ेमा वृद्धाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रिभानकी ६७ चिजा विकको हत्या आरोपमा प्रहरीले म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका खिमबहादुर श्रीपालीलाई नियन्त्रणमा लिएको हो।
अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो।
वृद्धाको हत्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।