१२ असार २०८३, शुक्रबार

अब सुरक्षा निकायमा पनि लोकसेवाबाट पदपूर्ति

अब सुरक्षा निकायमा पनि लोकसेवाबाट पदपूर्ति

अब सुरक्षा निकायसँगै अन्य संघीय निकायलेको पदमा पदपूर्ति लोकसेवाबाट हुने भएको छ। 

संविधानमा लिखित परीक्षा सञ्चालन गर्न सवैधानिक अंगका रुपमा संविधानमा लोकसेवा आयोगको व्यवस्था गरिएकले सोही अनुसार गर्ने सहमति  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा जुटेको हो।

लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा  निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन तथा सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्न लोकसेवाबाट हुने सहमति जुटेको हो।

त्यस्तै, सुरक्षा निकाय र अन्य सङ्घीय निकायले कर्मचारीको बढुवा, विभागीय कारवाही गर्न वा निवृत्तिभरण पाउने पदमा नियुक्तिका लागि आयोगको परामर्श लिनुपर्ने छ । उक्त व्यवस्थालाई थप प्रभावकारी तुल्याउन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनी व्यवस्था गर्न सरकारले संशोधन विधेयक अघि बढाएको हो । 

आयोगले बनाएको कार्यविधि अर्थमन्त्रालयबाट एक पटक स्वीकृत गराएपछि आवश्यकता अनुसार खर्च गर्न पाउने तथा परीक्षा सञ्चालन सम्बन्धमा तत्काल गर्नुपर्ने खर्चका सम्बन्धमा अर्थमन्त्रालयबाट अनुमति लिइरहनु नपर्ने विषयमा बैठकमा सहमति भएको छ ।
  
सरकारले आवश्यकता अनुसार प्रदेशका विभिन्न स्थानमा लोकसेवा आयोगका कार्यालय स्थापना गर्नसक्ने विषयमा पनि समितिमा सहमति भएको छ । समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले विधेयमाथिको छलफल टुङ्गिएको जानकारी दिए।


 

salt training

कमेन्ट गर्नुहोस्