११ साउन २०८३, सोमबार

नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो आकर्षक अफर

कात्तिक २०, २०७४
नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो आकर्षक अफर
काठमाडौं, चैत २९– नेपाल टेलिकमले नव वर्ष २०७४ को अवसरमा बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको जनाएको छ । कम्पनीको नववर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् ।
रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस तथा रिचार्ज कार्ड मार्फत  रु.१०० र रु.२०० को कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं रु.५०० र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र यसको भ्यालिडिटि तीन दिनको हुने टेलिकमले जनाएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुनेछ ।

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत रु.१००, २०० र ३००। (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ ।nepal-telecom
नाइट डाटा प्याकेज अन्तर्गत रु.२००। र ३००। (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्ने बताइएको छ ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि डाटा टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तैः ४०० एमबी डाटा लिनका लागि अंग्रेजीमा डाटा४००एमबीटाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न नाइट टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी रु.२५। (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्