
वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तराष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्पस्ट पारेका छन् ।
आइतवार उनले कपोकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए ।
विकासको काम गर्दा केही विनाश हुन्छ, उनले भने अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।
वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले स्पस्ट पारे । गोरखापत्र दैनिकमा खबर छ ।