११ असार २०८३, बिहीबार

जिल्ला सभापति भेलाको तयारीमा जुटे कांग्रेसका असन्तुष्ट समूह

पुस १४, २०७६
जिल्ला सभापति भेलाको तयारीमा जुटे कांग्रेसका असन्तुष्ट समूह

 नेपाली कांग्रेसभित्रको संस्थापन समूहले बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूह जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ ।

संस्थापन पक्षले केन्द्रीय समितिमार्फत बहुमत जुटाएर नौ बुँदे निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असन्तुष्ट समूह जिल्ला सभापति भेलादेखि आवश्यक परे महाधिवेशन प्रतिनिधि भेलासम्मको तयारीमा जुटेको हो । सो समूहले केन्द्रीय समितिसँग समानान्तर गतिविधि गर्ने गरी यो तयारी गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिले असन्तुष्ट समूहलाई झनै चिढ्याउने तथा बहुमतको बलमा गुटलाई बलियो बनाउने गरी निर्णय गरेकाले जिल्ला सभापति भेलादेखि भ्रातृसंगठन भेला र आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेला डाक्ने तयारी भएको बताए ।

‘सभापति नै असन्तुष्टलाई झनै चिढ्याउने तथा गुट मात्र बलियो बनाएर पार्टी र विधानलाई कमजोर बनाउने गरी अघि बढेपछि जिल्ला सभापति भेलाको तयारी भएको हो । आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेलासम्म हुन्छ,’ नेता पौडेलले भने । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्