१० असार २०८३, बुधबार

जनकपुरमा बिस्फोट गराउने समूह विप्लवकै भएको प्रहरीको निस्कर्ष

पुस १४, २०७६
जनकपुरमा बिस्फोट गराउने समूह विप्लवकै भएको प्रहरीको निस्कर्ष

जनकपुरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहबाटै भएको प्रहरीले निष्कर्ष निकालेको छ । गत २७ मंसिरमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो । विस्फोटमा परी घरधनी राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्द तथा प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो । 

नेपाल प्रहरीको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रद्युम्न कार्कीले विप्लव समूहको आवरणमा आपराधिक गतिविधिमा संलग्न हुनेहरूले महेन्द्रनगर विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए । ‘घटनाको मिहिन ढंगले अनुसन्धान भयो । विप्लव समूहको खोल ओढेर आपराधिक गतिविधि गर्नेहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।प्रहरीका अनुसार विस्फोटमा भोजपुर अरुण गाउँपालिका चाङपाङका रोहित ढकाल र रेखादेवी चौहानको मुख्य संलग्नता देखिएको छ ।

विस्फोट हुनुभन्दा दुई दिनअघि उनीहरू जनकपुर गएको र घटनास्थलको निरीक्षणका साथै विस्फोटको योजना बनाएको प्रहरीको निष्कर्ष छ । जनकपुर विस्फोट केन्द्रीय नीतिअनुसार नै विप्लव समूहले गराएको प्रहरीको भनाइ छ । बैठकमा राजेश्वर साहविरुद्ध कारबाही गर्ने भन्दै एजेन्डा प्रस्तुत भएको थियो । राजेश्वर मिटरब्याजी भएको निष्कर्षपछि सोही बैठकले साहलाई कारबाही गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्