सुगाले पनि पत्रकारिता गर्छ भन्ने थाहा पाउँदा तपाईं छक्क पर्नुहुन्छ होला ।
तर समाचार संस्थ एएफपीको काबुलस्थित कार्यालयमा एउटा सुगालाई कम्प्युटर टाइपिङको तालिम दिइएको छ ।
यसको बारेमा जानकारी दिँदै पत्रकार एमाल हैदरीले ट््वीट गरेका छन् । उनी लेख्छन्, ‘संसारमा रोबोटले मानिसको जागिर खोसिरहेको बेलामा एएफपीको काबुलस्थित कार्यालयमा हामीले यस चरालाई हाम्रा लागि काम गर्न तालिम दिएका छौं । उसको नाम सब्ज (हरियो) हो र उसले टाइपिङ सिकिसकेको छ । उसलाई हामी छिट्टै फोटोग्राफी पनि सिकाउँदैछौं ।’
सुगाले टाइप गरेको समाचार पढ्दा तपाईंलाई कस्तो अनुभूति होला त ?
In the world robots take over jobs, at @afp Kabul we have trained this bird to work for us. He is called Sabz (green), has learned typing, will soon train him in photography, inshallah. :) @thomaswatkins
— Emal HAIDARY (@menh0) December 29, 2019
Vid thanks:@najiba_noori pic.twitter.com/bmDBpgscnA
एजेन्सी