
भारतीय जलसेनाले सामाजिक सञ्जाल फेसबूक चलाउन आफ्ना सैनिकहरूलाई प्रतिबन्ध लगाएको छ । यसका साथै जलसेना अड्डा, डकयार्ड र युद्धपोतहरूमा स्मार्टफोन चलाउन समेत प्रतिबन्ध लगाइएको छ ।
सामाजिक सञ्जालमा जासूसी संस्थाका संवेदनशील सूचनाहरू लीक गरेको अवस्थामा सातजना जलसैनिकहरू पक्राउ परेपछि सेनाले कठोर कदम चालेको हो ।
प्रतिबन्धात्मक आदेश शुक्रवार दिइएको हो । पुस ४ गते विशाखापट्टनमबाट आठजना सर्वसाधारण र सातजना जलसैनिकहरू पक्राउ परेपछि यो आदेश दिइएको हो ।
सबै मेसेजिङ याप र सामाजिक सञ्जाल नेटवर्कहरूमा प्रतिबन्ध लगाइएको हो । फेसबूकमा प्रतिबन्ध लगाइएपछि उसको स्वामित्वमा रहेको इन्स्टाग्राम, ह्वाट्सयाप लगायतमा पनि प्रतिबन्ध लागेको छ ।
शत्रुहरूले सामाजिक सञ्जाल साइटहरूको उपयोग गरेर जलसेनाmलाई तारो बनाएको र अनेकौं सूचनाहरू मेटाउन खोजेको पाइएपछि जलसेनाले यो कदम चालेको हो ।
एजेन्सी