०५ असार २०८३, शुक्रबार

नेपाल भ्रमण वर्ष २०२० : सुदूरपश्चिममा भारतीय पर्यटकलाई प्राथमिकता

पुस १४, २०७६
नेपाल भ्रमण वर्ष २०२० : सुदूरपश्चिममा भारतीय पर्यटकलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकलाई पहिलो प्राथमिकता राखिएको छ । 

भारतसँग खुुला सीमानाकाका साथै तेस्रो मुलुकका पर्यटकभन्दा भारतीय पर्यटकसँग सहज र सदियौंदेखि सांस्कृतिक सम्बन्ध रहिआएकाले प्राथमिकतामा राखिएको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सोमवार धनगढीमा नेपाल–भारत पत्रकार संघद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भारतीय पर्यटकलाई स्वागत गर्न प्रदेश सरकार तम्तयार रहेको बताइन् ।

पर्यटकले सीमा नाकामा बेला बखत भोग्दै आएका समस्या समाधानतर्फ सरकार गम्भीर रहेको बताउँदै उनले सुदूरपश्चिम प्रदेशमा अन्य देशको तुलनामा भारतीय पर्यटक पहिलो प्राथमिकतामा राखिनुपर्ने बताइन् । २ देशका नागरिकबीच रोटीबेटीको सम्बन्ध सदियौंदेखि कायम रहेको चर्चा गर्दै उनले सुदूरपश्चिमका पर्यटन गन्तव्य पर्यटकका लागि सुरक्षित र भरपर्दो रहेको बताइन् ।

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं सुन्दर सुदूरपश्चिम अभियान्ता गोपाल हमालले पनि गोरो छालाका पर्यटकभन्दा भारतीय पर्यटक नेपालको प्रमुख र क्रय शक्ति बलियो भएको पर्यटक रहेको दाबी गरे तर प्रशासन र नागरिकको हेपाहा व्यवहारका कारण भारतीय पर्यटक नेपालमा दुःख पाउन बाध्य भएको बताए । 

‘नेपाली प्रशासनको बानी परिवर्तन जरुरी रहेको छ,’ उनले भने, ‘भारतीय पर्यटकहरूलाई सुदूरपश्चिम सुरक्षित रहेकोप्रति विश्वास दिलाउन जरुरी छ ।’

भारतका वरिष्ठ पत्रकार रामचन्द्र शुक्लले सीमा नाकामा भारतीयलाई अनावश्यक रुपमा विभिन्न खाले यातना र दुःख दिने कार्य भइरहेको गुनासो पोखे । सुदूरपश्चिम पर्यटनको भर्जिन गन्तव्य रहेको बताउँदै उनले पर्यटन गन्तव्यसम्म पुग्ने साधन, खाना, बस्ने व्यवस्थाका साथै भरपर्दाे सुरक्षा व्यवस्थाको ग्यारेन्टी गरिए भारतीय पर्यटक आउन आतुर रहेको बताए ।

भारतीय पत्रकारलाई धनगढीमा भव्य स्वागत गरिनुको साथै मन्त्री भट्टले भारतीय पत्रकारलाई ढाका टोपी लगाएर सम्मान गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्