
टीभीएस टू ह्वीलर अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त मोटरसाइकल हो । विभिन्न सिसि क्षमता तथा डिजाइनमा उपलब्ध हुँदै आएको टिभिएसका मोटरसाइकलहरु नेपालमा पनि अत्यन्त लोकप्रिय छ र नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि रहेको सबैलाई जानकारी छ ।
‘हामीले यही टिभिएस ब्राण्डको एक अर्को श्रृंखला टिभिएस म्याक्स सेमी ट्रेल १२५ सिसिको बिक्री शुभारम्भ गरेका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोज का कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन् ।
पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उनीहरूले मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराएका हुन् ।
मोटरसाईकलको विशेषता भन्नुपर्दा अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो जसर्ले बाटोघाटो जस्तै अवस्थाको भएपनिचलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाएपनिथकाई लाग्ने हुँदैन । यही कारणले नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रालिले टिभिएस ब्राण्डको यो नयाँ १२५ सिसिको म्याक्स मोटरसाइकलउपलब्ध गराएको हो ।
टिभिएस म्याक्स सेमी ट्रृेलमोटरसाइकलको निर्माण अत्याधिकपावर दिने गरी, सबैभन्दा बढी सुविधामिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरूको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरूले भरपूर छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भने यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।
सोही समारोहमा मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टिभिएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताए ।
यो टिभिएस म्याक्स सेमी ट्रेल देशभर रहेका टिभिएस शो रुमहरूमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको छ ।