
जापानको होक्काइडो टापुमा रहेको क्यु-सिराताकी रेल स्टेसनबाट एउटा स्कूल पढ्ने बालिका मात्र ओहोरदोहोर गर्छिन् । उनको अलावा रेलमा अर्को कुनै यात्रु हुँदैन ।
क्यु सिराताकीमा केही वर्षयता जनसंख्या निरन्तर ओरालो लागिरहेको छ । अहिले त्यो ठाउँबाट अन्य मुख्य शहरमा ओहोरदोहोर गर्ने कुनै यात्रु भेटिन्नन ।
जब रेल अधिकारीहरूले यस्तो परिस्थिति देखे, उनीहरूले त्यो ठाउँमा रेल स्टेसन बनाए र निरन्तर रेल चलाउने फैसला गरे ।
स्कूल बालिकाका लागि रेल बाहेक अन्य कुनै सवारी साधनको व्यवस्था छैन । फेरि पनि वर्षौंदेखि रेल उनलाई स्कूल लिएर जान्छ र छोड्न आउँछ ।
यहाँसम्मकी रेल आउने जाने समय उनको स्कूल समयसँग व्यवस्थापन गरिएको छ ।
जापानका अधिकारीहरूले उनको हाइस्कूल नसकिने दिनसम्म रेलसेवा सुचारु राख्ने बताएका छन् ।