१२ साउन २०८३, मंगलबार

एमसीसीलाई नकारात्मक रुपमा नबुझौँ, हिउँदे अधिवेशनबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

एमसीसीलाई नकारात्मक रुपमा नबुझौँ, हिउँदे अधिवेशनबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई नकारात्मक रुपमा प्रस्तुत गर्न नहुने बताएका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ज्ञवालीले एमसिसीअन्तर्गत चयन भएका परियोजना र तिनले नेपालको विकासमा पु-याउने योगदानको समीक्षा गर्न जरुरी रहेको बताउँदै नेपालको विकासका आवश्यकतालाई दृष्टिगत नगरी प्रतिकूल प्रभाव पार्नेखालका अभिव्यक्ति अवाञ्छनीय रहेकाे बताए।

राष्ट्रको भौतिक पूर्वाधार निर्माणसँगै राष्ट्रिय विकासका आवश्यकतामा केही हदसम्म भए पनि एमसीसीले भरथेग गर्न सहयाेग पुग्ने उनकाे भनाइ छ। 

   नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लक्ष्य हासिल गर्न एमसिसी अपरिहार्य भएको उनको कथन थियो । एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले मान्यता दिएको छ । 

    संसद्को चालू अधिवेशनबाट एमसिसीलाई अनुमोदन गर्ने गरी सरकारले त्यसलाई सदनमा दर्ता गराएको जानकारी दिँदै उनले सदनबाट पनि त्यो पारित हुनेमा आफू विश्वस्त रहेको बताए।

   ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले एमसिसीअन्तर्गत नेपाल सरकारलाई ५० अर्ब अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतमा सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको थियो। एमसिसी परियोजनाअन्तर्गत ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सवस्टेशन निमार्णमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भार हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्