१२ असार २०८३, शुक्रबार

सैनिकले सहमतिमा पनि यौनसम्पर्क राख्न नपाउने

पुस १५, २०७६
सैनिकले सहमतिमा पनि यौनसम्पर्क राख्न नपाउने

सर्वोच्च अदालतले सैन्य सेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ ।

यौनसम्पर्क, यौनशोषण र जबरजस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायत सुविधा खोसिने भएको छ । 

दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगीअड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो ।

फैसलाले यौन प्रकरणमा मुछिएका सैनिकविरुद्धको  कारबाहीमा सेनाको इन्वायरी बोर्ड, सैनिक विशेष अदालत र समरी जनरल सैनिक अदालतको अधिकार क्षेत्रलाई थप बलियो पार्ने देखिएको छ ।

चण्डीदल गणका सहसेनानी भूपेन्द्र खड्का र एक महिला सैनिक कर्मचारीबीच अनुचित यौन सम्बन्धको कारण पदमुक्तिको कारबाहीपछि विवाद सर्वोच्च पुगेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्