
प्रदेश ३ को नाम र राजधानीबारे नेकपाले गरेको निर्णयप्रति पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।
पञ्चायतकालीन नाम र स्टालिनको पालामाझैं पार्टीका मुखियाले निर्णय लिइएको उनको टिप्पणी छ ।
'उही पञ्चायतकालकै नदी, पहाड र मन्दिरको पहिचानका आधारमा प्रदेश बनाउने भए ‘संघीयता’ किन भन्नुपर्यो ? स्टालिनकालमाझैं पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए 'जनताको जनवाद' वा '२१औं शताब्दीको जनवाद' किन भन्नुपर्यो ? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरूले मम: भनून्,' उनले ट्वीट गरेका छन् ।
नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंटा कायम गर्ने निर्णय गर्दै पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो ।