०६ असार २०८३, शनिबार

अयोध्यामा मस्जिदका लागि पञ्चकोसी परिक्रमा बाहिर पाँच ठाउँ छानियो

अयोध्यामा मस्जिदका लागि पञ्चकोसी परिक्रमा बाहिर पाँच ठाउँ छानियो

भारतको अयोध्या प्रशासनले मुसलमान पक्षलाई मस्जिद बनाउनका लागि दिइने पाँच ठाउँको जमीन छानेको छ । 

पाँचै जमीन पञ्चकोसी परिक्रमाभन्दा बाहिर छन् । पञ्चकोसी परिक्रमा १५ किलोमिटरको परिधि हो र त्यसलाई अयोध्याको पवित्र क्षेत्र मानिन्छ । 

पहिचान गरिएका जमीन मलिकपुरा मिर्जापुर, शमशुद्दीनपुर र चाँदपुर गाउँमा रहेका छन् । यी सबै जमीन अयोध्याबाट बाहिर जाने अनि अन्य शहर जोड्ने मुख्य सडकमा छन् । ट्रस्ट बनेपछि सरकारले यी जमीनहरू मुसलमान पक्षलाई सुम्पिनेछ ।

गत नोभेम्बर महिनाको ९ तारिखमा भारतको सर्वोच्च अदालतले एक ऐतिहासिक फैसला गर्दै दशकौंदेखि चलिरहेको अयोध्या विवाद निरूपणको प्रयास गरेको थियो । पूर्व प्रधानन्यायाधीश रञ्जन गोगाईको नेतृत्वमा पाँच न्यायाधीशको

इजलासले विवादित जमीन रामलला विराजमानलाई दिने आदेश दिएको थियो । अदालतले वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि अयोध्या नगरभित्रै कुनै एक ठाउँमा पाँच एकड जमीन दिनका लागि आदेश दिएको थियो । 

सर्वोच्चको फैसला कार्यान्वयन गर्नका लागि अयोध्या प्रशासन लगातार जमीनको खोजीमा थियो । अहिले पाँचवटा जमीन पहिचान गरिएको भए पनि कुन चाहिँ जमीन दिने हो भनी टुंगो लगाइएको छैन ।

मस्जिदका लागि जमीन लिने विषयमा मुसलमान पक्ष एकमत पनि छैन । केही दिनअघि अयोध्या मामिलामा जोडिएको मुस्लिम पर्सनल ल बोर्डका पक्षधरहरूले पाँच एकड जमीन नलिने बताएका थिए । तर अयोध्या मामिलाका एक

प्रमुख पक्षधर हाशिम अन्सारीका छोरा इकबाल अन्सारी जमीन लिने पक्षमा देखिएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्