
मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार बिहान भन्सार विभाग र विमानस्थलमा खटिएका प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
फ्लाई दुबईको विमानबाट नेपाल आउँदै गरेको अवस्थामा सुरक्षाजाँचका क्रममा उनले मलद्वारमा क्याप्सुल बनाएर आधा केजी सुन लुकाएको पाइएको हो ।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।