२३ असार २०८३, मंगलबार

यौनउत्तेजित हात्तीले कुल्चिएर मार्‍यो चिडियाखानाको सुसारे (भिडियो)

यौनउत्तेजित हात्तीले कुल्चिएर मार्‍यो चिडियाखानाको सुसारे (भिडियो)

दक्षिणी चीनको एक चिडियाखानामा यौनउत्तेजनाका कारण विवेक गुमाएको एक हात्तीले सुसारेलाई कुल्चेर मारेको छ ।

आइ आ नामक ५६ वर्षीय हात्तीलाई यौनउत्तेजनाले छोपेपछि अत्यन्तै आक्रामक बनेको थियो । 

घटनाको भिडियोमा ५०० किलोको हात्तीले सुसारेलाई दाह्राले हानेर भुइँमा लडाएको र उसलाई कुल्चिएको देखिन्छ ।

पाँच अन्य सुसारेहरूले बल्लबल्ल हात्तीलाई नियन्त्रणमा ल्याए । उक्त घटनाअघि त्यो हात्ती भद्र भनी चिनिन्थ्यो । 

बु थर भएका सुसारेलाई हात्तीले कुल्चिएपछि निकै चोटपटक लागेको थियो । उनलाई अस्पताल लगिएको भए पनि बचाउन सकिएन । 

चाङ्शा इकोलोजिकल जूमा उनी हात्तीहरूलाई सर्कस शैलीको प्रस्तुतिका लागि तयार पार्ने गर्थे ।

पर्यटकहरूले हात्तीको प्रस्तुति हेर्नका लागि भिडियो खोलेको भए पनि त्रासद घटना देख्नुपरेको थियो । 

एकजना पुरुष प्रत्यक्षदर्शीले ‘गयो, गयो’ भनी चिच्याएको सुनिन्छ र उसले बु मरिसक्यो भन्न खोजेका हुन् । अरूहरू चाहिँ यो स्तब्ध बनाउने दृश्य देखेर चिन्तित बने । 

आइ आ हात्ती विगत १० वर्षदेखि चिडियखानामा थियो । उसले सुसारेलाई कुल्चेपछि छुट्टै ठाउँमा राखिएको छ । 

विज्ञहरूका अनुसार, आइ आ मुस्थ नामक स्थितिमा थियो । त्यो हुँदा हात्तीको हर्मोन बेस्सरी जाग्छ र मत्ताले ढोइको व्यापक खोजी गर्छ । 

त्यतिखेर हात्ती थप आक्रामक हुन्छ र अन्य मत्तासँग झगडा गर्न थाल्छ ।

एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

salt training

कमेन्ट गर्नुहोस्