काठमाडौं, ३० चैत, च्याम्पियन्स लिग अन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ ।

इटालियन क्लब युभेन्टसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३(० ले पराजित भएको हो । बार्सिलोनालाई पराजित गर्नका लागि युभेन्टसका पाउलो डिबालाले दुई तथा जर्जियो चिलिनीले एक गोल गरृेका थिए । खेल सुरु भएको सातौं मिनेटमा नै डिबालाले बार्सिलोनको पोस्टमा गोल हान्दै घरेलु दर्शकलाई खुसी दिएका थिए । डिबालाले खेलको २२ औं मिनेटमा दोस्रो गोल गर्दे पहिलो हाफमा २ गोलको अग्रता बनाएका थिए । दोस्रो हाफको ५५ मिनेटमा चिलिनीले गोल गर्दै युभेन्टसलाई तीन गोलको स्थितिमा पुर्याएका थिए ।
खेल अबधिमा बल पोसेनमा नियन्त्रण जमाएको बार्सिलोनाले केही अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेन । अब सेमिफाइनल यात्रा गर्न बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा चार गोल गर्नु पर्ने छ । यदी युभेन्टसले एक गोल गरेको खण्डमा पनि बार्सिलोनालाई सहज हुने छैन ।
यसअघि अन्तिम ८ मा स्थान बनाउने क्रममा बार्सिलोनाले घरेलु मैदानमा पेरिस सेन्ट जर्मनमाथि ६ गोल हान्दै इतिहास रचेको थियो । त्यसैले बार्सिलोनका समर्थकले घरेलु मैदानमा टीम लयमा फर्कने र सेमिफाइनल यात्रा तय गर्ने आशामा छन् ।