
प्रदेश नम्बर पाँचको हिउँदे अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ ।
मुख्यमन्त्रीको सिफारिसमा प्रमुख प्रदेश कार्यालयले मंगलवार सूचना प्रकाशित गरी माघ ५ गतेले अधिवेशन आह्वान गरिएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्रान गरेको निमित्त सचिव चिरञ्जीवी पौडेलद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ । गएको असोज दुई गतेसम्म चार महिना चलेर बजेट अधिवेशन अन्त्य भएको थियो ।