
नेपाल घरेलु तथा साना उद्योग महासंघले उखु किसानले पाउनु पर्ने भुक्तानी रकम तत्काल दिनुपर्ने माग गरेको छ।
विक्री गरेको उखुको रकम वर्षाैदेखि नपाएपछि किसानहरु केही दिन यता काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन्।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै चिनी उद्योगहरुले तत्काल भुक्तानी दिनुपर्ने बताएको हो। आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महासंघको भनाइ छ ।
एकवर्ष अघि नै किसानको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानले भुक्तानी नपाउनु गम्भीर विषय भएको उसको ठहर छ ।
उखु किसान महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति महासंघको ऐक्यबद्धता रहेको अध्यक्ष श्यामप्रसाद गिरीले बताए।