
सन् २०१८ मा भ्यालेन्टाइन सप्ताहमा एक भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। यो भिडियो थियो कलाकार प्रिया प्रकाशको । फिल्मको नाम थियो, ‘ओरू अडार लव र इस भन्द सेकेन्ड’ को क्लिप। त्यसले प्रियालाई रातारात चर्चामा ल्यायो।
प्रियाले आँखा मारिरहेको तस्वीर भाइरल बनेको थियो। यसपछि प्रियालाई कयौँ फिल्ममा काम गर्ने अफर आयो। तर उनले कयौँ अफरहरुलाई बेवास्ता गरिदिइन्।
र, उनले अब एउटा फिल्ममा काम गर्ने भएकी छिन्। २०१८ पछि उनले ठूलो प्रोजेक्टमा काम गरेकी थिइनन्।
सन् २०१९ को अन्तिम दिन प्रियाको एक अर्काे भिडियो भाइरल भएको छ। प्रियाले यो भिडियो आफ्नो इन्स्ट्राग्रामको अकाउन्टको स्टोरीमा राखेकी छिन्। फोटोमा प्रिया उही अन्दाजमा विन्क गरिरहेको देखिन्छिन्।