नायिका दीपिका पादुकोणलाई बलिउडमा स्टाइलिस फेसनेबल मानिन्छ। उनका पति रणवीर सिंह पनि फेसनफेसनका लूगा लगाउन बाध्य छन्। दीपिका पादुकोणले अतरंगी स्टाइल गर्ने फैसला गरेकी छिन्।
दीपिका अहिले आफ्नो फिल्मको प्रमोशनमा व्यस्त छिन्। यही बेला उनको एउटा तस्वीर भाइरल बनेको छ। दीपिकाले अजीब देखिने जस्तो जिन्स र हील्स लगाएकी छिन्। उनको हील्समा रिबन लागेको छ।
उनकी शर्ट पनि अनौठो देखिन्छ। उनले आफ्नो शर्टको माथि कोरसेट लगाएकी छिन्।
यो आउटफिटमा दीपिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। दीपिकाको लुकलाई लिएर कयौँ ट्रोल बनाइएको छ। सामाजिक सञ्जालमा उनलाई प्रश्न सोधिन थालिएको छ।