२५ असार २०८३, बिहीबार

अमेरिका र चीनबीच वासिङ्टनमा व्यापार सम्झौता

अमेरिका र चीनबीच वासिङ्टनमा व्यापार सम्झौता

लामो समयदेखि प्रतिक्षा गरिएको अमेरिका र चीनबीचको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुने भएको छ।

अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बताएका छन्।

चीनसँग हुने पहिलो चरणको बृहत् व्यापार सम्झौतामा जनअरी १५ मा हस्ताक्षर हुने ट्रम्पले ट्विटरमा उल्लेख गरेका छन्। त्यसपछि वार्तालाई निरन्तरता दिन ट्रम्प बेइजिङ जाने कार्यक्रम रहेको पनि बताइएको छ । 

अमेरिका र चीनबीच गत बर्षदेखि व्यापार विवादका कारण दुबै देशले एक अर्कामाथि कर वृद्धि गरी व्यापारमा संरक्षणवादी नीति लिएका थिए। 

यसबीचमा दुई देशका व्यापार वार्ता गर्न बनेको प्रतिनिधिमण्डलबीच धेरै चरणमा अमेरिका र चीनमा वार्ता भएका थिए । यस विवादबारे अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच पनि पटकपटक औपचारिक तथा अनौपचारिक कुराकानी भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्