३१ जेठ २०८३, आइतबार

नेपाली जनप्रगतिशिल मन्च ओमनको बैठक सम्पन्न

कात्तिक २०, २०७४
नेपाली जनप्रगतिशिल मन्च ओमनको बैठक सम्पन्न

मस्कट (ओमान), ३० चैत - निवर्तमान अध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षता र भानु ज्युको संचालनमा विबिध विषयहरुमा महत्त्वपूर्ण निर्णयहरु पारित गर्दै नेपाली जनप्रगतिशिल मञ्च ओमनको बैठक मस्कटको रुसेल स्थित एक गार्डेनमा शुक्रवार सम्पन्न भएको छ ।


ज्ञात-अज्ञात सहिदहरु र भर्खैरै भारतिय सिमा सुरक्षा बल द्वारा हत्या गरि सहिद हुनु भएका नेपाली वीर सपुत गोबिन्द गौतम  प्रती एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो।

एजेन्डाहरु प्रस्तुत गर्दै हेम आचार्य ज्युले देशको अहिलेको परिस्थिती , ओमनमा रहेका अहिलेको चुनौती अनि दायित्व र संगठनको जिम्मेवारी विषयलाई स्पष्ट पार्दै दिनु भएको मन्तब्य र तुला गिरीको स्वागत मन्तब्य बाट शुरु भएको बैठक केन्द्रिय सदस्यहरुको विशेष रिपोर्टिङले नव आगन्तुक सदस्यहरुलाई निकै उत्साहित तुल्याएको थियो। जस कार्यक्रममा दशजना नयां सदस्यहरुले पार्टी र मञ्च दुबैको सदस्यता लिनु भएको थियो । नयाँ सदस्यहरुमा क•चित्र बहादुर केसि, क•दिपक परियार,क• कैयुम भाट, क•जानम परियार, क• परमता चौधरी, क•संजीब घिसिङ,क•बिश्णु माया तामाङ,क•बाबुराम खड्का, क• रघुनी मुखिया र क•राजकुमार कापर रहेका थिए ।

विप्लव माओवादीको मोर्चाका संयोजक सहित सम्पुर्ण टिम नै मञ्च मा समाहित गरेको घोषणा गर्दै समित अधिकारीले आगामी दिन बाटो भुलाई अन्य माओवादी धारका अभियान्ताहरुलाई पनि यसै मञ्चमा आवद्ध हुन अपिल गर्दै अबका दिनमा एसै मञ्चको र पार्टी संगठनको हितमा अहोरात्री खटिरहने पनि प्रतिबद्धता जाहेर गरेका थिए ।

बैठले आगामी बैशाख ३१ को स्थानीय  निर्वाचनका लागि सबै तह र तप्का बाट माओवादी केन्द्रलाई सहयोग गर्न लागि पर्न निर्देशन पनि जारी गरेको छ साथै निर्वाचन पश्चात् मञ्च र अन्तर पार्टी कमिटिको अधिबेशन एहि आउंदो जुन महिनाको पहिलो हप्ता भित्र सम्पन्न गर्नका लागि सबै कार्य समितिहरु भंग गरि ४१ सदस्यीय मुल आयोजक समिती पदम प्रसाद अर्यालको संयोजकत्वमा जुलाई महिनाको पहिले हप्तामा सम्पन्न गर्ने निर्णयका साथै अनि त्यस मातहतका अन्य आर्थिक संकलनको जिम्मा पनि संयोजकलाई नै तोकिदिएको छ भने ब्यवस्थापनको जिम्मा समित अधिकारी, प्रचार प्रसार र सांस्कृतिक समन्वयका लागि तुला गिरी लाई जिम्मेवारी दिएको बताइएको छ ।

अनुशासनलाई कडाईका साथ अनुगमन र कार्बाही गर्न इच्छा राईको नेतृत्वमा पाँच सदस्यीय समिती पनि निर्माण गरिएको प्रचार प्रसार समितिका संयोजक तुला गिरीले बताउनु भएको छ ।सोही बैठक बाटै कान्छी माया तामाङको नेपाल प्रस्थान पश्चात्  अन्तर पार्टी अधिबेशन आयोजक समितिमा रिक्त रहेको संयोककमा पनि तुला गिरीलाई नै तोकिएको छ ।

नयां सदस्यहरुलाई बधाई र शुभकामना मन्तब्य ईश्वर राना मगरद्वारा दिइएको थियो। अधिबेशन आयोजक समिती सदस्यहरु र उपस्थित सम्पुर्णलाई अनि  साथ सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै अधिबेशन आयोजक समितिका संयोजक पदम प्रसाद अर्याल ज्युले सबै क्षेत्रबाट खटेर लाग्न र अहिलेको संगठनको कार्यतालिका संक्षिप्त पेश गर्दै केहि ढिलो गरि शुरु भएको बैठक समयमै उल्लासमय वातावरणमै समापनको घोषणा गर्नु भएको मस्कट बाट  गिरीले जानकारी गराउनु भएको छ।

salt training

कमेन्ट गर्नुहोस्