काठमाडौं, २९ चैत – पछिल्लो समय नयाँपुस्तामा नेपाली चलचित्रको चलचित्र ‘बब्बी’ निर्माण हुने भएको छ । अहिलेका व्यस्त निर्देशक मिलन चाम्सले फिल्मको निर्देशन गर्न लागेका हुन् ।
नर्वे र पोखरामा छायांकन हुने चलचित्र ‘बब्बी’ नर्वे बस्दै आएका उमेश थापा र कविता गुरुङको कथा हो । अन्तर्जातीय प्रेमकथामा आधारित प्रेमकथाले आफूलाई छोएकोले फिल्म निर्माण गर्न लागेको मिलन चाम्सले बताए ।
चलचित्रको कथा सञ्चारकर्मी नरेश भट्टराईले लेखेका छन् । चलचित्रलाई अंग्रेजी, नर्वेली लगायतका अन्य सब टाइटलमा पनि रिलिज गर्ने तयारी रहेको छ ।
आउँदो जुन १७ देखि ओस्लोबाट फिल्मको छायांकन हुनेछ । चलचित्रको अन्तर्राष्ट्रिय बजार विकास गर्न आफूले प्रयास गरेको निर्देशक चाम्सले बताएका थिए ।
वास्तविक जीवनका पात्र आफ्नै कथामार्फत पर्दामा देखिन लागेका हुन् । कविताले आफ्नो कथामा फिल्म बनाउँदा आफ्ना लागि ठूलो गिफ्ट भएको भन्दै रोएकी थिइन् । चलचित्रमा नवराज थापाको छायांकन रहनेछ । त्यस्तै चलचित्रमा तारा लिम्बुको संगीत र अर्जूृन जिसीको सम्पादन रहनेछ जनाइएको छ ।