ह्वाटस्एपको नयाँ फिचरलालाई लिएर सामाजिक सञ्जालमा बहर चर्केको छ । धेरै जसो मानिसले नयाँ फिचरलाई लिएर दुख व्यक्त गरेका छन् ।

तर टेक्नीकल अप्रेटरका अनुसार नयाँ फिचर डाटा अट्याच गर्नमा मदत गर्छ । जसले व्यवसाय सञ्चालकलाई फाइदा पुग्छ। हालसालै ह्वाट्सएपले केही नयाँ फिचर ल्याएको छ ।
अब ह्वाट्सएप युजरले आफ्नो स्टेटरमा तस्वीर तथा भिडियो अपलोड गर्न सक्नेछन् । स्टेटसको रुपमा यो तस्वीर तथा भिडियो २४ घण्टासम्म रहने छ ।
यस फिचरको माध्यमबाट यूजरले आफ्नो सम्पर्कमा भएका मानिसको तस्वीर तथा भिडियो हेर्न सक्नेछन् । यो फिचर ल्याएको एक हप्ता भएको छैन तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको छ ।
ह्वाटस्एप विश्वको सवैभन्दा लोकप्रिय मेसेज एप हो । नयाँ फिचर अनुसार प्रयोगकर्ता तस्वीर तथा भिडियो सामाग्री पनि अपडेट गर्न सक्छन् ।