भारतमा जनरल बिपिन रावत पहिलो चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनेपछि देशले नयाँ युद्ध रणनीति बनाउन थालेको बताइएको छ ।
तीनैथरी सेनाबीच सामन्जस्य कायम राख्न र उनीहरूको संयुक्त शक्तिको सर्वोत्तम उपयोग गर्नका लागि प्रभावकारी प्रक्रिया बनाउने जिम्मेवारी रावतको छ । त्यसै सन्दर्भमा उनले भारत अब विशेष थिएटर कमान्ड्स बनाउन तयार रहेको बताए ।
युद्ध रणनीतिमा संसारभरि परिवर्तन आइरहँदा भारतले पनि सैन्य बलको समुचित प्रयोग गर्नुपर्ने भएको छ । त्यसैले स्थलसेना, जलसेना र वायुसेनालाई एकीकृत गरेर थिएटर कमान्ड बनाउने कुरा उठेको हो ।
तीनैथरी सेनासँगै अन्य सैन्यबललाई एक भौगोलिक क्षेत्रमा ल्याएर अपरेसनल कमान्डरअन्तर्गत ल्याएर थिएटर कमान्डर बनाइन्छ ।
त्यस्तो कमान्डले जमीन, जल र वायुमा सामन्जस्य बनाएर युद्ध अभियान सञ्चालन गर्छन् ।
यसरी कमान्ड बनाउनु किफायती हुन्छ । यसबाट संसाधनहरूको बचत हुन्छ र तिनको थप राम्रो उपयोग हुन्छ ।
यसबाट देशको लगभग १५ लाख सशक्त सैन्यबललाई पुनः संगठित गर्न सकिन्छ । सैन्य आधुनिकीकरणका लागि फन्डको कमी छ किनकि रक्षा बजेटको ठूलो भाग तलब र भत्तामै खर्च भइरहेको छ ।
भारतमा अहिले १७ सिंगल सर्भिस कमान्ड्स छन् । तिनमा सात स्थलसेनाको, सात वायुसेनाको र तीन जलसेनाको छ ।
एजेन्सी