
महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका सबै घुमुवा प्रहरीको परिचालन खारेज गरेको छ ।
महानगरीय प्रहरी कार्यलयबाट खटाइएका सादा पोशाकका प्रहरीको परिचालन खारेज गरिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘मेट्रो कार्यालयबाट खटिने सादा पोशाकका प्रहरीको परिचालनलाई अहिले हामीले खारेज गरेका छौं,’ आयुक्त पोखरेलले लोकान्तरलाई बताए ।
कार्यालयले ३० देखि ३५ जना शादा पोशाकका प्रहरी उपत्यकामा खटाउने गरेको थियो । ती प्रहरीले अब प्रहरी पोशाकमै प्रहरी कार्यालयको दैनिक अपरेसनमा खटाइने आयुक्त पोखरेलले बताए ।