२१ जेठ २०८३, बिहीबार

पार्टीभित्रको विवादका कारण कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर– प्रदीप पौडेल

पार्टीभित्रको विवादका कारण कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर– प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षी भूमिका अत्यन्त कमजोर बनेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सभापति गुटको मात्र नेता बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको धारणा राखे ।

‘कांग्रेसजस्तो ऐतिहासिक बिरासत बोकेको पार्टीका सभापति देशको नै अभिभावक हुनुपर्नेमा सभापतिले नै एउटा गुटलाई मात्र बोक्नुु किमार्थ उचित होइन,’ पौडेलले भने ।

महाधिवेशन आयोजना गर्ने विषयमा समेत बहुमतको आधारमा एकलौटी निर्णय हुँदा देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले सबै कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए ।

अहिले देखिएको विवाद समाधान गर्ने मुख्य दायित्व पार्टी सभापतिकै हो भन्दै पौडेलले सहमति बेगर बुहमतबाट मात्रै निर्णय गर्दै जाने हो भने पार्टी थप कमजोर हुने बताए । 

बेग्लै प्रसंगमा पौडेलले सरकार नीतिगत रूपमै भ्रष्टाचारीको संरक्षणमा जुटेको र कांग्रेस त्यसको साक्षी बसेको अवस्था देखिएको टिप्पणी गरे ।

देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो । 

पौडेलले पछिल्लो समय मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केबल मूकदर्शक बनेको धारणा राखे । 

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका झण्डै २ सय जनालाई नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला र पौडेलले स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्