२५ असार २०८३, बिहीबार

जर्मनीको क्रेफेल्ड चिडियाखानामा आगलागी हुँदा कैयौं जनावरको मृत्यु

जर्मनीको क्रेफेल्ड चिडियाखानामा आगलागी हुँदा कैयौं जनावरको मृत्यु

उत्तरपश्चिमी जर्मनीको क्रेफेल्ड चिडियाखानामा बाँदरहरू राखेको ठाउँमा बुधवार आगलागी हुँदा दर्जनौं जनावर मारिएका छन् । 

‘लगभग मध्यरातमा लागेको आगोका कारण हाम्रो बाँदर घर ध्वस्त भएको छ,’ चिडियाखानाका निर्देशक वुल्फग्यांग ड्रेसेनले पत्रकारहरूलाई बताए । ‘कहिलेबाट आगो लागेको हो ठ्याक्कै त थाहा छैन तर घर पूरै ध्वस्त भएको छ ।’

कम्तीमा ३० जनावरको मृत्यु भएको ड्रेसेनले बताए । क्रेफेल्ड चिडियाखानाको इतिहासमा यो सबभन्दा कठिन दिन भएको उनको भनाइ छ ।

आगलागीको कारणको पुष्टि हुन सकेको छैन तर स्थानीय प्रहरीले यसका केही संकेत पाइएको जनाएको छ ।

क्रेफेल्ड प्रहरी अनुसन्धानकर्मी गर्ड होपम्यानले हवाई लालटिनहरू चिडियाखाना नजिकै निकै तलतल उडेको र शायद भुइँमा खसेको अनुमान छ ।

यी लालटिनहरू नर्थ राइन–वेस्टफालिया राज्यमा सन् २००९ देखि प्रतिबन्धित छन् किनकि तिनबाट आगलागीको सम्भवना प्रबल रहन्छ । प्रतिबन्धको उल्लंघन गर्नेलाई हजार युरोसम्मको जरिवाना लगाइन्छ ।

आफूहरूले आगो लगाएको हुनसक्ने धेरै मानिसले प्रहरीलाई बताए । प्रहरीले उनीहरूलाई सोधपुछ गरेर उनीहरूको भनाइको सत्यतथ्य जाँचिरहेको छ । 

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्