
उखु बिक्री गरेको भुक्तानी विगत ५ वर्षदेखि नपाएपछि आन्दोलित उखु किसानले समस्या समाधानको पहल गर्न आग्रहसहित राष्ट्रिय सभा र प्रतिनिधि सभअन्तर्गत ३ समितिलाई पत्र लेखेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीको तर्फबाट पत्र लेखी राष्ट्रिय सभा अध्यक्ष तथा प्रतिनिधि सभाका ३ समितिलाई समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको हो ।
राष्ट्रिय सभा अध्यक्षका अलावा कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, उद्योग वाणिज्य तथा श्रम समिति र राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्र लेखिएको छ ।
हेर्नुहोस्, राष्ट्रिय सभा अध्यक्षलाई लेखिएको पत्र :
