२२ जेठ २०८३, शुक्रबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कात्तिक २०, २०७४
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धुलिखेल, ३० चैत– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा४५प ६७५३ नंको मोटरसाइकल ना१ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा४ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो ।

मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्