२६ जेठ २०८३, मंगलबार

लामो आयूको टिप्स दिँदादिँदै ‘हर्ट अट्याक’ले मरे सीईओ, भिडियो बन्यो भाइरल !

पुस १७, २०७६
लामो आयूको टिप्स दिँदादिँदै ‘हर्ट अट्याक’ले मरे सीईओ, भिडियो बन्यो भाइरल !

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक कम्पनीका सीईओ चेन पीवेन लामो आयूका लागि टिप्स दिइरहेका छन् ।

लामो आयूको टिप्स दिने व्यक्ति नै मञ्चमै ढलेको भिडियो भाइरल भइरहेको छ । चीनमा कार्यरत एक स्वास्थ्य कम्पनीका ६५ वर्षीय सीईओ भीडभाड भएको कार्यक्रममा स्वास्थ्य सम्बन्धी टिप्स दिइरहेको भिडियोमा देखिन्छ ।

कार्यक्रममा सहभागीले उनीबाट केही सिक्न टिप्स सुनिरहेका थिए तर उनी आफैं स्वास्थ्यमा समस्या भएर ढले । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित समाचारअनुसार हृदयघात भएपछि उनी मञ्चमा ठोक्किएका थिए । हृदयघातले उनको त्यही मृत्यु भयो ।

समाचार अनुसार सीईओ चेन पीवेन चीनको औषधी कम्पनी झान्गयी हेल्थ एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । कम्पनी चीनको ग्वाङजोङ प्रदेशमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्