
नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट प्रवक्तामा नियुक्त भएका छन्।
बैंकको प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला उमेरहदका कारण अवकाश लिने समय आई विदामा बसेपछि गर्भनर चिरञ्जीवी नेपालले आज भट्टलाई प्रवक्तामा नियुक्त गरेका हुन्।
राष्ट्र बैंककाअनुसार कार्यकारी निर्देशक डा भट्टलाई यही पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।
राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियमानकारी निकाय हो ।