२५ जेठ २०८३, सोमबार

कांग्रेस बैठक : राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

कांग्रेस बैठक :  राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सकेन।

 कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि त्यसको अधिकार पार्टीका केन्द्रीय पदाधिकारीलाई  प्रत्यायोजन गरेको हो।  राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदैछ।

आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिलाको व्यवस्था निर्णय गरेको हो । पार्टीको विधानअनुसार निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न कार्यसम्पादन गर्न बैठकले केन्द्रीय पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको हो ।  

बैठकले राष्ट्रियसभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णयसमेत गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्