२५ जेठ २०८३, सोमबार

त्रिभुवन विमानस्थल ठप्प, नेपालगञ्जबाट उडेको विमान साढे २ घण्टा आकाशमा उडेर विराटनगरमा अवतरण

त्रिभुवन विमानस्थल ठप्प, नेपालगञ्जबाट उडेको विमान साढे २ घण्टा आकाशमा उडेर विराटनगरमा अवतरण
फाइल फोटो

मौसममा आएको बदलीका कारण त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ ।

भिजिबिलीटी कम भएका कारण उडानहरू रद्द भएका छन् भने उडिसेकका विमानहरू अन्यत्र डाइभर्ट भएका छन् ।

काठमाडौंका लागि आएको चाइना साउदर्न एयरको विमान बंगलादेशको ढाका डाइभर्ट भएको त्रिभुवन विमानस्थलमा कार्यरत एसएसपी रामत्रिपाल साहले लोकान्तरलाई जानकारी दिए ।

यस्तै आन्तरिक उडानका विमानहरू पनि डाइभर्ट भएका छन् ।

पत्रकार गंगाधर पराजुलीले नेपालगञ्जबाट उडेको विमान काठमाडौंमा अवतरण गर्न नसकी २ घण्टा आकाशमा उडेर विराटनगरमा अवतरण गरेको उल्लेख गरेका छन् । ‘साथीहरूले नेपालगञ्ज एयरपोर्टबाट बिदाइ गरेर पठाएका हामी दुईरसाढे दुईघण्टा आकाशमा उडेर भर्खरै मात्र विराटनगर एयरपोर्टमा अवतरण गर्‍यौं १ु पराजुलीले फेसबूकमा लेखेका छन् ।

नेपालगञ्जबाट १०ः२४ मा उडेको श्री एयरलाइन्सको फ्लाइट नम्बर ४३२ को विमान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण विराटनगर डाइभर्ट भएको श्री एयरलाइन्सले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्