१२ साउन २०८३, मंगलबार

अस्ट्रेलियामा डढेलोपीडितले प्रधानमन्त्री मोरिसनलाई गरे तिरस्कार (भिडियो)

अस्ट्रेलियामा डढेलोपीडितले प्रधानमन्त्री मोरिसनलाई गरे तिरस्कार (भिडियो)

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोका कारण पीडित बनेका मानिसलाई सान्त्वना दिन गरेको प्रयास असफल भएको छ । उनले पीडितहरूको प्रश्नको उत्तर दिन सकेनन् अनि उनलाई पीडितहरूले गिल्ला गर्दै लखेटे । 

मोरिसन बिहीवार कोबार्गो शहरको भ्रमणमा गएका थिए र उनले त्यसक्रममा पीआर बटुल्न खोजेका थिए । तर त्यो उनका लागि विपत्ति साबित भयो । डढेलोले मंगलवार उक्त शहरलाई ध्वस्त पारेको थियो । त्यसमा परी कम्तीमा तीनजनाको मृत्यु भएको थियो भने धेरैजनाले घर र व्यापार गुमाएका थिए । 

प्रधानमन्त्री कोबार्गोमा एक स्थानीय महिलाकहाँ पुगेर ‘के छ’ भनी सोधे । त्यसपछि उनले महिलासँग हात मिलाउन खोजे । उनको पीआर स्टन्ट फ्लप खायो ।

‘तपाईंले ग्रामीण अग्नि सेवा (आरएफएस) लाई थप पैसा दिने भए मात्र म तपाईंसँग हात मिलाउँछु,’ ती महिलाले भनिन् । 

त्यसपछि स्थानीयहरूले तत्कालै मोरिसनलाई घेरे र किन यति थोरै दमकल खटाइएको र राहत किन नदिइएको भनी जायज प्रश्न सोधे । तर उनले ती प्रश्नहरूको उत्तर दिन सकेनन् । 

त्यसपछि प्रधानमन्त्री लक्ष्यविहीन रूपमा सडकमा चहार्न थाले । उनीसँग प्राकृतिक विपत मन्त्री डेभिड लिटलप्राउड पनि थिए । उनीहरूको मौनताले स्थानीयहरूलाई थप आक्रोशित बनायो । एकजनाले त प्रधानमन्त्रीलाई शहरबाट जान समेत भने र अर्को चुनावमा तपाईंले निकै कम भोट ल्याउनुहुनेछ भने । 

डढेलोमा मारिएकाहरूका विषयमा थप प्रश्न बर्सिन थालेपछि प्रधानमन्त्री सहितका अधिकारीहरू हतारहतार कारमा पसे अनि गूडबाई समेत भन्न भ्याएनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्