
डीएभी कलेजको वातावरण क्लबले बुधवार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण क्लबका अध्यक्ष एवं अंग्रेजी विभागीय प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डीएभीका ११ र १२ कक्षाका गरी १ सय ५० जनाको सहभागिता थियो ।
सरसफाइ अभियान बिहान १० बजे शुरू भई २ बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।