
प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
शुक्रवार अपराह्न प्रधानमन्त्री ओली अस्पताल पुगेको प्रधान मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
लामो समयदेखि मृगौला रोगसँग जुधिरहेका प्रधानमन्त्री ओलीको नियमित डायलासिस गर्ने गरिएको छ ।