१८ असार २०८३, बिहीबार

प्रदेश ३ को औद्योगिक विधेयक प्रमाणीकरण

प्रदेश ३ को औद्योगिक विधेयक प्रमाणीकरण

प्रदेश नं ३ का  प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिएका हुन् ।

तत्कालीन प्रदेशसभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्