
एशले टोपले जब साढें चार महिनाकी गर्भवती थिइन् त्यसबेला उनका थाहा भयो कि उनको बच्चा जिउँदो बच्ने छैन । ‘मेरो त पुरै दुनिया नै भासियो’ एशले त्यसबेलाको अवस्था यसरी याद गर्छिन् ।
यो सन् २०१३ को घटना हो । जब एक डाक्टर उनको नजिक आए र उनलाई गर्भमा रहेको बच्चा राम्रोसँग विकसित नभएको र उ बच्ने सम्भावना कम रहेको बताए । एशले चूकि नर्दन आयरल्याण्डमा बस्छिन् । उनी भर्गपतन गराउन पनि सक्दिनथिन् ।
किनकी त्यहाँ गर्भपतन गैर कानूनी छ । गर्भपात तव मात्र गर्न सकिन्त यदी आमाको ज्यान खतरामा छ । या उनले सावित गर्न सक्नुपर्छ की बच्चाका कारण शारीरिक या मानसिक स्वास्थ्यमा गम्भीर खतरा छ । जब उनलाई थाहा भयो तव उनी चिन्तित भइन् ।
‘मलाई यकिन भइरहेको थिएन कि मलाई यो पीडाको सामना गर्नुपर्छ । मेरो बच्चा मर्नेवाला थियो तर पनि मैले तवसम्म गर्भ बोकिरहनु पर्ने छ, जबसम्म मेरो बच्चा खत्तम नहोस्,’ उनले भनिन् ।
यातनाको यो दौड पहिला हप्ताको थियो ।
पन्ध्र हप्तामा एशलेको पेट बढ्दै थियो । र, मानिसहरु उनलाई जन्मनलागेको बच्चा छोरा हो कि छोरी भनेर सोध्ने गर्थे । ‘के बच्चाले पेटमा लात्ती हान्छ ?’ उनीसँग यस्ता प्रश्नहरु सोधिन्थे ।
एशले भन्छिन्, ‘सोच्नुहोस् त कस्तो लाग्दो हो ? मानिसको यस्तो प्रश्न सुन्दा । जब मेरो बच्चा बाच्छ कि बाँच्दैन मलाई नै थाहा थिएन । ’ म यति मात्र चाहन्थेकी मेरो बच्चा चाँढो मरोस् ।
‘एक मनले म भन्थे यदी यस्तै हुनु छ भने मेरो बच्चा चाँढो खत्तम होस् ।’ उनले भनिन् ।
आखिरमा जब एशले १५ हप्ताको गर्भमा गइन् तब उनलाई थप पीडा भयो । र, बच्चाको मुटुको चाल रोकियो ।
त्यसपछि उनलाई शान्ति मिल्यो । अशले र उनका पतिले उनीहरुको बच्चाको नाम केटी राखेका थिए ।
केही समयपछि एशले पुन आमा बनिन् । अहिले उनकी छोरीको उमेर एक वर्षको भएको छ । अब एशले र उनका पति चाहन्छन् की गर्भ तथा गर्भपातसँग सम्बन्धित नियममा परिवर्तन जरुरी छ । आफूहरुको जस्तो पीडा अरुले नपाउन् भन्ने उनीहरुको चाहना रहेको उनले बताएको बीबीसीले जनाएको छ ।