१२ असार २०८३, शुक्रबार

माघ पहिलो साताभित्र उखु किसानले भुक्तानी पाउने

पुस १९, २०७६
माघ पहिलो साताभित्र उखु किसानले भुक्तानी पाउने

सरकारले माघ ७ भित्र उखु किसानका सबै रकम भुक्तानी गर्ने भएको छ ।

उखु किसानसँग शुक्रवार साँझ भएको पाँच बुँदे सहमतिमा सरकारले यस्तो प्रतिबद्धता जनाएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसान र सरकारी टोलीबीच भएको सहमतिअनुसार चिनी मिलबाट भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम आगामी माघ ७ भित्र गरिनेछ । 

सहमतिपत्रमा उखु किसान संघर्ष समितिका सचिव हरेश्याम राय र मन्त्रालयका सहसचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्