०६ असार २०८३, शनिबार

पाकिस्तानी भन्छन्ः ‘मर्न तयार छु तर हिन्दू धर्म छोड्दिन्’

कात्तिक २०, २०७४
पाकिस्तानी भन्छन्ः ‘मर्न तयार छु तर हिन्दू धर्म छोड्दिन्’

सिन्ध प्रान्तको एसेम्बलीमा यस विधेयकको मस्यौदालाई गतबर्ष सर्वसम्मतिले पारित गरेको थियो । तर त्यहाँका कट्टरपन्थी धार्मिक समूहले विरोध गरेपछि विधेयकमा संशोधनको आवश्यकता रहेको भन्दै बिल फिर्ता लिइएको थियो ।
अन्जु
अधिकांश सांसदका अनुसार सिन्ध सरकारको एक रुढीवादी समूहको दबाबमा सरकारले उक्त बिलमाथि थप चर्चा शुरु गरेको बताएका छन् भने यस विधेयकमाथि पाकिस्तानमा शंका उत्पन्न भएको छ ।

विशेषज्ञका अनुसार सरकारका तर्फबाट यस बिललाई फिर्ता लिने निर्णयले पाकिस्तानमा संसदीय र असंसदीय तत्वबीच शक्ति टकराव भएको छ जसले अल्पसंख्यकमाथि वेवास्ता गरिँदैछ ।अल्पसंख्यक समूहको अधिकारका बारेमा लडिरहेकी सामाजिक कार्यकर्ता राधा बहेलका अनुसार मिरपुर जिल्लामा गत तीन महिनादेखि तीन हिन्दूधर्मावलम्बी महिलाहरुलाई जर्बजस्ती धर्म परिवर्तन गराइएको घटना सार्वजनिक भएको छ ।

बीबीसीसँग कुरा गर्दै उनले भनिन् ‘अब हामी विश्वस्त भएका छौं कि हिन्दू महिलाहरु सुरक्षा मिल्नेछ ,इस्लामको नाममा अल्पसंख्यक समुदायका महिलाहरुको अपहरण गरेर जर्बजस्ती विवाहको लागि धर्म परिवर्तन गराउनेमाथि सजाँय हुनेछ । तर सरकारले यस विधेयकलाई फिर्ता लिने निर्णय गरेपछि भने गैर मुस्लिम महिलाहरुको जीवन थप पीडादायी बनेको छ । यसबाट त्यहाँ रहेका हिन्दूधर्मावलम्बीहरु निराशको साथसाथै थप आक्रान्त बनेका छन् ।’
राधा भन्छिन् ‘ हिन्दूहरु आफ्नो अधिकार सरकारसँग माग्न सक्छन् र यदि सरकार यी शक्तिसँग घुँडा टेकेर हार मान्ने हो भने गैर मुस्लिम महिलामाथि हुने अत्याचारलाई रोक्ने क्षमता कसैसँग हुन्न ।  ’

मिरपुरबाट डेढघण्टाको दूरीमा रहेको एक गाउँ निवासी अन्जु मुसलमान अपहरणकर्ताबाट हिंसाबाट पीडित भएर घर फर्केकी छिन् ।

अन्जुलाई पाँच मुसलमान पुरुषले अपहरण गरेका  थिए । उनलाई केही महिना कैदमा राखेर उनीहरुले धर्म परिवर्तनको प्रस्ताव राखेका थिए । यस घटनामा अदालतको आदेशपछि मात्रै उनी घर फर्किन सकेकी हुन् ।
अन्जुले भनिन् ‘ आमासँग म घाँस काट्न खेतमा गएकी थिएँ । त्यतिबेला पाँच व्यक्ति  बन्दुक लिएर उनीहरुसँग जान भनेका थिए र नगएमा गोली मार्ने धम्की दिएका थिए ।

 म  डराउँदै उनीहरुसँग जान बाध्य भएँ र उनीहरुले मलाई निकै टाढा लगेर एकघरभित्र डोरीले बाँधेर राखेका थिए । ’

अन्जुका अनुसार उनलाई तीनचार महिना दिनदिनै पिट्ने गथ्र्यो । 'उनीहरु भन्थे इस्लाम अपनाउ नभए छोड्दिन तर मैले उनीहरुको निरन्तर प्रतिवाद गर्दै म मरेपनि हिन्दूधर्म नछोड्ने अडान राखेँ ' अन्जुले भनिन् । 

पाकिस्तानमा जर्बजस्ती धर्म परिवर्तन गराउने प्रबृत्ति रोक्न सिन्ध प्रान्तको एसेम्बलीमा पाकिस्तान मुस्लिम लिग, एफका सदस्य नन्द कुमारले क्रिमिनल कानून २०१५ पेश गरेका थिए ।

गतबर्ष नोभेम्बरमा यो बिल पारित भएपछि उनीमाथि निकै धम्की आउन थाल्यो । बिल पारित भएपछि आफ्नो ज्यानको खतरा रहेको उनले प्रहरीलाई जानकारी गराएका थिए ।

यतिमात्रै होइन एसेम्बली भित्र र बाहिर पनि रुढीवादी समूह यस विधेयकलाई रोक्नको लागि सडकमा प्रदर्शन समेत गरेका थिए । उक्त प्रदर्शनपछि सिन्ध विधानसभाका सदस्य यसबारेमा कुरा गर्न समेत डराएका थिए ।
विधेयकको विरोधी रहेका इस्लामी नेता शजाउद्दीन शेखले १८ बर्षभन्दा कम उमेरका महिलाहरुलाई इस्लाम धर्म अपनाउन बन्द गर्नु इस्लामको विरुद्ध भएको भन्दै एक मुस्लिमले यो कुरा सहन नसक्ने बताएका थिए । यस बिल मार्फत सर्वसाधारणलाई आफ्नो इच्छा अनुसार इस्लाम धर्म अपनाउन बन्द गरेको भन्दै उनले विरोध जनाएका थिए ।
यस्तो अवस्था रहेमा अन्जुजस्ता महिलामाथि हुने ज्यादती रोक्न नसक्ने चेतावनी दिएका थिए ।

मुभमेन्ट फोर सोलिडारिटी नामक संस्थाका अनुसार पाकिस्तानमा हरेक बर्ष एक हजार गैर मुस्लिम महिलालाई जर्बजस्ती इस्लाम लाड्न बाध्य पार्ने गरेको बताइएको छ ।

विशेषज्ञका अनुसार यसबारेमा संसदमा रहेका रुढीवादी समूह शक्तिशाली हुँदै आएपछि इस्लामको नाममा गैर मुस्लिम महिलामाथि बलात्कार वा जबर्जस्ती विवाहको घटना बढ्दै गएको बताएका छन् । बीबीसी

salt training

कमेन्ट गर्नुहोस्