०१ असार २०८३, सोमबार

साँझबाट मौसममा क्रमिक सुधार हुँदै जाने पूर्वानुमान

साँझबाट मौसममा क्रमिक सुधार हुँदै जाने पूर्वानुमान
प्रतिकात्मक तस्वीर

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

‘आज (शनिवार) मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ,’ मौसमविद् मानन्धरले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ । 

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतवार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमवार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री र अधिकतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

शनिवार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्